
Radio Hamro Paila
Pop, Sohbet, Haberler, Halk Müziği
Benzer Radyolar
Radyo Hakkında
सामुदायिक रेडियो हाम्रो पाइला ९१.६ मेगाहर्ज भेरीमालिका नगरपालिका ४ जाजरकोट पृष्ठभूमी असल शासन क्लव जिल्ला समन्वय समिति जाजरकोटले स्थापना गरेको सु शासन प्रर्वधनमा समप्रित रेडियो हाम्रो पाइला एफ एम जाजरकोट नेपालका अरु रेडियोको तुलनामा फरक पन भएको रेडियो हो ।दक्षिण एशियमा पहिलो सामुदायिक रेडियो नेपालमा खुेलेको इतिहास हाम्रा सामु छदै छ । ( नेपालमा प्रजातन्त्रको पुनस्र्थापना र २०४७ सालको संविधान लागु भएपछि निकै फस्टाएको क्षेत्रमा सञ्चार पनि पर्छ । २०६२ र ६३ को जनआन्दोलन पछि यसको महत्व झनै बढेको छ । आम पाठक, श्रोता, दर्शकले छानिछानि हेर्न, सुन्न र पढ्न पाएका रेडियो, टेलिभिजन र पत्र पत्रिकाहरुलाई प्रजातन्त्र÷लोकतन्त्रको उपलब्धिका रुपमा लिन सकिन्छ । सञ्चारको सहजताका कारण गाँउ वस्तिका कुनाकन्दरा सम्म जुनसुकै बेला राष्टिय तथा अन्तराष्ट्रिय खवरहरु पुग्ने गरेको छ । तर आम सञ्चारका सबै माध्यमहरुको सही उपयोग सबै ठाउँमा हुन भने सकेको छैन । २०५२ सालमा बनेको राष्ट्रिय सञ्चार नियमावलीले निजी क्षेत्रलाई बिद्युतीय सञ्चार माध्यम सञ्चालनको अनुमति दिएपछि मुलुकका कुनाकन्दरा सम्म एफएम रेडियो स्टेशनहरु सञ्चालनमा आएका छन ।










Yorumlar (0)