
Radio Vision
Pop, Charla, Folk, Soundtrack
Emisoras Similares
Sobre la radio
मेची भद्रपुर प्रकाशन प्रशारण प्रा. लि. द्वारा सञ्चालित रेडियो भिजन ९१.६ मेगाहर्ज वि.सं. २०६९ माघ १० गतेबाट विधिवत रुपमा नियमित प्रशारणमा आएको हो । रेडियो भिजन प्रारम्भदेखि नै दैनिक बिहान ५ बजेदेखि राति ११ बजेसम्म १८ घण्टा प्रसारण हुँदै आएको छ । झापाका युवा उद्यमी तथा स्थापित सञ्चारकर्मीहरुको सक्रियतामा स्थापना भएको रेडियो भिजन ९१.६ मेगाहर्जको प्रशारण पहुँच क्षेत्र मुख्य गरी मेची अञ्चलका सम्पूर्ण जिल्ला भए पनि यसको अलावा कोशीका सबै पहाडी जिल्ला र सुनसरी र मोरङको केही क्षेत्र तथा पूर्व र दक्षिणमा छिमेकी राष्ट्र भारतको केही जिल्लाहरुमा समेत प्रसारण पहुँच रहेको विभिन्न स्रोत, सर्वेक्षणहरुले देखाएको छ । विभिन्न सर्वेक्षणहरुको आधारमा रेडियो भिजन ९१.६ मेगाहर्जको स्रोता करिब १० लाख रहेको अनुमान गर्न सकिन्छ । स्थापनाको छोटो अवधिमा नै सूचना, शिक्षा, मनोरञ्जन र उद्यमको क्षेत्रमा स्रोतामाझ आफुलाई स्थापित गराउन सफल रेडियो भिजन ९१.६ मेगाहर्ज आफ्नो प्रसारण उपकरण तथा स्टुडियो समेत बदलिंदो परिस्थिति अनुरुपको अत्याधुनिक प्रबिधि प्रयोग गरी स्थापना भएको कारण हामी गुणस्तरीय सेवा दिन सक्छौं भन्नेमा विश्वस्त छौं । साथै, सम्पूर्ण स्रोता, विज्ञापनदाता तथा शुभचिन्तकहरुमा विश्वास दिलाउन चाहन्छौं । Show more










Comments (0)